sevenstartv.com १६ असार २०८३, मङ्गलवार

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु, दुई घाइते

२१ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । बर्दियामा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

आज बिहान जिल्लाको मधुवन नगरपालिका-६ स्थित डल्ला सामुदायिक वन (बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका) मा गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणमा मृत्यु हुनेमा एकजना नेचर गाइड छन् । साथै विदेशी नागरिक (अमेरिकी) एकजना सहित दुई जना घाइते भएका छन् ।

घाइतेमध्ये विदेशी नागरिकको भुरीगाउँ नगर अस्पतालमा उपचार भई रहेको र निज खतरामुक्त रहेको तथा अर्का घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्