sevenstartv.com १४ असार २०८३, आइतवार

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

७ जेठ २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक विहिबार पनि बस्दै छ । संसद सचिवालयले बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने जानकारी गराएको छ ।

आजको बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथि प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले  प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, मन्त्री गौतमले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । त्यसपछि उनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक( २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको जनाइएको छ ।

साथै बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक( २०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने र उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने समेत जानकारी गराइएको छ ।

मन्त्री डा. वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक- २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्