sevenstartv.com १६ असार २०८३, मङ्गलवार

बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु

२१ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

बागलुङ । बागलुङको बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । एक जना बेपत्ता भएका छन् ।

मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र त्यही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।

गएराति बान्द्रे खोलाको बाढीले ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटरलाई बगाएको हो ।

बागलुङ नगरपालिका–४ बान्द्रेका २० वर्षीय कमल सापकोटा बेपत्ता हुनुहुन्छ । उहाँको खोजी भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।


बागलुङ आसपासका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । नदी तथा खोला क्षेत्रमा बस्ने तथा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्