sevenstartv.com १४ असार २०८३, आइतवार

देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ जारी गर्न अस्वीकार

४ जेठ २०८३, सोमवार स्टार संवाददाता

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध नेपालले रेड नोटिस जारी गर्न गरेको आग्रह इन्टरपोलले अस्वीकार गरे पश्चात पुनः प्रहरीले अर्को पत्राचार गरेको छ । इन्टरपोलले पूर्वप्रधानमन्त्री देउवा र राणा विरुद्ध रेड नोटिस जारी गर्न नेपाल प्रहरीको अनुरोध अस्वीकार गरेपछि अनुसन्धान प्रक्रियामा त्रुटि र कमजोरी देखिएको छ। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा प्रहरी प्रधान कार्यालयले सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानका लागि उनीहरूलाई नेपाल झिकाउन चैत अन्तिम साता पहिलोपटक इन्टरपोललाई पत्राचार गरेको थियो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा प्रमाण संकलन गर्नु पूर्व पक्राउ गर्न हत्तार गर्नु र सम्बन्धित निकायको अधिकार क्षेत्रको समेत बेवास्ता गर्नु कानुन भन्दा माथि जान खोज्नु रहेको कानुनविद्हरूको  भनाई छ । सरकारले छोटो बाटो रोजी कानुन संशोधन गरेर विभागलाई थप अधिकार प्राप्त बनाउँन खोजिए पनि अनुसन्धान र अभियोजन प्रक्रियामा पारदर्शिता र विधिसम्मतता कायम हुनु पर्नेमन जोड दिइएको छ ।

इन्टरपोलले नोटिस जारी नगरिदिँदा उनीहरूलाई विदेशबाट पक्राउ गरेर ल्याउने सरकारको तत्कालको प्रयासमा ‘ब्रेक’ लागेको छ। 

यो पनि पढ्नुहोस्