sevenstartv.com १४ असार २०८३, आइतवार

मदननगर बल्खुमा ३३औँ मदन–आश्रित स्मृति सभाको प्रारम्भ

३ जेठ २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कार्यालयले मदननगर बल्खुमा ३३औँ मदन–आश्रित स्मृति सभा कार्यक्रम भव्यताका साथ मनाएको छ। उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा पूर्व राष्ट्रपति विद्या देवी भण्डारीको सहभागीता रहेको थियो ।

कार्यक्रममा एमालेका वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी तथा नेता–कार्यकर्ताहरूको बाक्लो सहभागिता रहेको थियो। स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरि कार्यक्रमलाई अघि बढाइएको छ । 

यो पनि पढ्नुहोस्