sevenstartv.com १४ असार २०८३, आइतवार

एमालेले देशभरआज ३३ औँ मदन–आश्रित स्मृति दिवस मनाउँदै

३ जेठ २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आइतबार देशभर स्मृतिसभासहित विविध कार्यक्रम गरि मनाउँदै छ ।

जननेता भण्डारी र नेता आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा परि निधन भएको थियो। मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना गरिएको एमालेको सचिवालयले जनाएको छ ।

अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठीे, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।  नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ ।

यो पनि पढ्नुहोस्