sevenstartv.com १६ असार २०८३, मङ्गलवार

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी

२० भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी छनोट भएका छन् । 

पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशीलाई छनोट गरेको हो । 

२० मध्ये तीन प्रतिस्पर्धीको सूचीमा जोशी परेका थिए । निवर्तमान सीईओ धनञ्जय रेग्मी, ज्ञानेश्वर महतो र जोशी अन्तिम प्रतिस्पर्धामा थिए ।

जोशीले रेग्मी सीईओ हुनुभन्दा अघि एक कार्यकाल सीईआको जिम्मेवारी पूरा गरेका थिए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्