sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

देउवा दम्पतीविरुद्ध इन्टरपोललाई पठाइयो थप कागजात

रेड नोटिस जारीका लागि प्रक्रिया सुरु

२७ वैशाख २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा। आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि प्रक्रिया सुरु भएको छ । इन्टरपोलले थप कागजात नपुको भन्दै थप कागजात माग गरे बमोजिम देउवा दम्पतीविरुद्धका थप प्रमाणहरु प्रहरी प्रधान कार्यालयले पठाएको छ ।

एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो)ले उक्त विवरण पठाएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । ‘केही दिनअघि थप कागजात माग गर्दै इमेल आएकाले सोही अनुसार थप कागजात पठाएकोे प्रहरी स्रोतले जनाएको छ ।

देउवा दम्पतीविरुद्ध इन्टरपोलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा रहेका बेला अहिलेकै अवस्थामा रेड नोटिस जारी गर्न नसकिने जवाफ पठाएको थियो । देउवा दम्पत्तिबिरुद्ध सम्बन्धित कसुर नदेखिएको र एकै पटक सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको विषयलाई पनि रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको भन्दै इन्टरपोलले प्रश्न उठाएर रेड नोटिस जारीका गर्न इन्कार गरेको थियो ।

देउवा दम्पतीविरुद्ध रेड नोटिसका लागि एनसीबीले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो । तर, इन्टरपोलले भने कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्कार गर्दा प्रक्रिया अघि बढ्न सकेको थिएन। रेड नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्ने छन् । यसरी पक्राउ परेको अवस्थामा कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई नेपाल ल्याउन सकिने प्रावधान रहेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्