sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

सशस्त्रका ६ जना एसएसपी डीआईजीमा र ७ जना एसपी एसएसपीमा बढुवा

२५ वैशाख २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार ६ जना एसएसपीहरू डीआईजी र ७ जना उपरीक्षक (एसपी) एसएसपीहरूको बढुवा नियुक्ति सम्बन्धी निर्णय गरेका छन् ।

६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्ने निर्णय गरिएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बलका ७ जना उपरीक्षक (एसपी) हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्ने निर्णय प्रधानमन्त्री शाहले  गरेका हुन ।

डीआईजीमा बढुवा हुनेहरुमा दिग विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्की रहेका छन् ।

त्यस्तै (एसएसपी) मा बढुवा हुनेमा प्रकाश कुमार सुवेदी, दीपक कुमार थापा, महेश केसी, चित्राङ्ग दहाल,सुधीर सुवेदी,  सुभाष भण्डारी र प्रदीप सिंह कार्की रहेका छन् ।

वैशाख ११ मा बढुवा समितिले गरेको सिफारिसको आधारमा प्रधानमन्त्री शाहले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेका हुन् ।

गृहमन्त्रीबाट सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय प्रधानमन्त्री आफैले सम्हालेका कारण शाह आफैले बढुवा नियुक्तिको निर्णय गरेका हुन्।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्