sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

नीति र योजनाका आधारमा समस्याको समाधान खोजिनुपर्छ ः गगन थापा

२५ वैशाख २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौँ । संघीय सरकारले गरेको गलत कार्यहरुको सिको नसिक्न प्रदेश र स्थानीय सरकारहरुलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आग्रह गरेका छन् । सुकमम्बासीका समस्यासम्बन्धी शुक्रबार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले संघीय सरकारले गरेका कमजोरी प्रदेश र स्थानीय सरकारले दोहोर्‍याउन नहुने बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको  ‘ग्रीन टेबल’ लफल श्रृंखलामा आफ्ना धारणा राख्दै सुकुम्बासी तथा अव्यवस्थित बस्ती व्यवस्थापनका नाममा कानुनभन्दा बाहिर गएर डोजर चलाउने शैली स्वीकार्य नहुने उनको भनाई छ । सभापति थापाले  डोजर आतकंबाट त्रसित नहुन आग्रह गर्दै त्रासको पछि नलाग्न अनुरोध गरेका छन् ।

उनले नीति र योजनाका आधारमा मात्रै समस्या समाधान खोजिनुपर्नेमा जोड दिएका छन् । कानुनले दिएको अधिकारभन्दा बाहिर गएर गरिएका कार्यको मुक दशैक कांग्रेस बन्न नसक्ने उनको भनाई छ । सरकारले बल प्रयोगबाट नभई योजनाबद्ध र मानवीय ढंगले समाधान गर्नुपर्नेमा जोड दिनु पर्ने बताउँदै सभापति थापाले दशकौंदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्याको दिर्घकालिन निकास निकाल्नु पर्नेमा जोड दिएका छन्  ।

उनले वास्तविक सुकुम्बासीको पहिचान, सुरक्षित पुनर्वास, आधारभूत सेवाको सुनिश्चितता र दीर्घकालीन व्यवस्थापनलाई केन्द्रमा राखेर मात्रै सरकारले कदम चाल्नुपर्ने उल्लेख गरेका छन् । सभापति थापाले पार्टीले सुकुम्बासीका समस्याका विषयमा छुट्टै टोली बनाएर अनुगमन र मूल्यांकन गरिरहेको जानकारी गराएका छन् ।

उनले ग्रिन टेवलको छलफलबाट आएका सुझावका आधारमा सबै प्रदेश तथा स्थानीय सरकारलाई औपचारिक पत्राचार गरिने समेत जानकारी गराएका छन्। सरकारले चालेका कदम र हरेक गतिविधिलाई कांग्रेसले नजिकबाट नियाली रहेको बताउँदै उनले जनतालाई मार्का पर्ने काम सरकारले गरे सह्य नहुने बताएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्