आफु चोखिन वरीयता मिचेर प्रधान न्यायाधीश सिफारिस गरियो : हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधान न्यायाधीश सिफारिस प्रक्रियामा संसद छलेर राष्ट्र प्रमुखलाई दबाब दिई संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गराउनु गलत भएको बताएका छन् । उनले रास्वापाको नेतृत्वमा बनेको सरकारले आफु चोखिन वरीयता मिचेर प्रधान न्यायाधीश सिफारिस गरेको आरोप लगाएका छन् ।
उनले संवैधानिक परिषदले चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको प्रति सरकार समक्ष आक्रोश पोखेका छन् । संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर सरकारले संवैधानिक परिषद बैठबाट चौथो वरीयतामा रहेका न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिस गरेर गल्ती गरेको उनको भनाइ छ।
गलत कार्यलाई कदापि सही भन्न नसकिने भन्दै अध्यक्ष साम्पाङले सामाजिक संजाल मार्फत विज्ञप्ति जारी गरेका छन् । उनले सो विज्ञप्तिमा वरीयताले चौथोलाई सरकारले प्रधान न्यायधीशमा नियुक्त गर्नु अर्को ठूलो गल्ती गरेको आलोचना गर्दै सरकारको सो कदमका घोर भत्र्सना गरेका छन् ।
सुसानको नारा लगाउँदै जनतालाई थितिनियम, कानुन बमोजिम चल्ने आश्वासन दिएर आएको रास्वपाले विधि मिचेर गरिरहेको कार्यलाई समर्थन गर्न नसक्ने सो विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्ता नियुक्तिले राजनीतिक तथा कानूनी स्वार्थ राखेको हुन सक्ने उनको भनाइ छ।
सहकारी ठगी प्रकरण, भदौ २३, २४ को जेनजी आन्दोलन जस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउन यो नियुक्ति दिइएको हुन सक्ने आशंका प्रशस्त रहेको भन्दै अध्यक्ष साम्पाङले भनेका छन, नियुक्तिसम्बन्धी बैठकको क्रममा नयाँहरु एक ठाउँमा उभिनु पर्नेदेखि एमसिसी, एसपिपी जस्ता विषय समेतको प्रसंग ल्याई दबाब र प्रभाव सृजना गरिएको अवस्थामा हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरीयताको क्रमलाई उलङ्घन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ।
सरकारले यसरी विधिलाई मिचेर राजनीतिलाई अघि सार्ने चलनको सदासर्वदा श्रम संस्कृति पार्टी विरोध गर्दछ, उनले विज्ञप्तिमा भनेका छन्। आफ्नै पार्टीबाट सरकारमा रहेर उपसभामुखको जिम्मेवारी निर्वाह गर्दै गर्दा जनताको हित विपरित काम गरे आफुलाई सह्य नहुने उनको भनाई छ । ले
