sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सामाजिक सञ्जालमा भ्रामक तथा गलत सूचना लेखे कारबाही गर्ने साइबर ब्युरोको चेतावनी

२० भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले फेसबुक तथा अन्य सामाजिक सञ्जालमा भ्रामक तथा गलत सूचना नलेख्न ध्यानाकर्षण गराएको छ ।

पछिल्लो समयमा युवाहरूले सामाजिक सञ्जालमा सरकारविरुद्ध लेख्न थालेपछि बिहीबार ब्युरोले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

ब्युरोले सूचनामा लेखेको छ,‘आम नागरिकले जानीनजानी सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रामक तथा गलत सूचना सम्प्रेषण गरी उदण्डताको स्थिति सृजना भएको र सामाजिक सद्भावमा समेत असर पर्ने देखिएकोले यस प्रकारका गतिविधिमा नेपाल प्रहरी साइबर ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ ।’

साथै कानूनको अज्ञानता क्षम्य नहुने भएकोले यस्ता गतिविधिमा संलग्न नहुन अनुरोध गर्दै मर्यादित तवरबाट सामाजिक सञ्जालहरुको सदुपयोग गरि सही सूचना आदान प्रदान गर्न अनुरोध गरेको छ ।

काठमाडौंको टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा हो-हल्ला गरेको आरोपमा युवाहरू पक्राउ परेका थिए । परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा लेखेको आरोपमा केही दिनअघि प्रहरीले केही युवाहरूलाई पक्राउ गरेको थियो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्