कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगन
काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगन गरेको छ । निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगन गरेको हो । उम्मेदवारको दरखास्त दिउँसो ३ बजेका लागि तोकिएको थियो भने मतदान साँझ ५ बजेका लागि तय भएको थियो ।
दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको थियो । उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना सदस्य भुसाल र राजु कटुवाल रहेका थिए ।
