२६ दिनमा नै गृहमन्त्रालयबाट बाहिरिए सुधन गुरुङ
काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ गृहमन्त्रालयबाट बाहिरिएका छन् । २६ दिने कार्यकालमा उनी आक्रामक रूपमा प्रस्तुत भएका थिए । छानबिनका लागि नैतिकता देखाएको भन्दै उनले राजीनामा दिँदै केही प्रतिप्रश्नहरू पनि छाडेर गएका छन् ।
उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर राजीनामा पत्र बुझाएका थिए । राजीनामालगत्तै गृहमन्त्रालय पुगेका उनले कर्मचारीहरूलाई सामूहिक रुपमा धन्यवाद दिएसँगै आफ्नो गाडी चढेर बाहिरिएका छन् । १३ चैतमा गृहमन्त्रीको शपथ खाएसँगै गुरुङ आक्रामक रूपमा ‘एक्सन’ मा उत्रिएका थिए तर उनको त्यो आक्रामक शैलि धेरै दिन टिक्नै सकेन ।
विवादित व्यापारी दीपक भट्टको साझेदार रहेको विषयमा उनको नाम जोडिए पछि चौतफि रुपमा उनले आलोचना खेप्न पर्यो । उनले आफूमाथि निष्पक्ष छानबिनको माग गर्दै राजीनामा बुझाएर आफुमाथि तेर्सिएका प्रश्नको हल नगरे पनि सहजिकरण भने गरेका छन्।
