sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक

८ वैशाख २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णयहरू सरकारले सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो मन्त्रिपरिषद् बैठक बसेको थियो । सञ्चार, सूचना एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सो बैठकका निर्णयहरू सार्वजनिक गरेका थिए । उनले तीन वटा ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत भएको जानकारी गराएका छन् ।

सरकारले गरेका मुख्य निर्णयहरूमा नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल, काठमाडौं सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने निर्णय गरिएको छ । त्यस्तै नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरिएको सञ्चार तिमिल्सिनाले जानकारी गराए ।

उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने  निर्णय भएको जनाएका छन् । त्यस्तै मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने समेत निर्णय गरिएको जनाइएको छ।

सञ्चार तिमिल्सिनाका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने समेत निर्णय भएको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्