sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

रास्वपाको केन्द्रीय समिति बैठकमा वालेन अनुपस्थित

७ वैशाख २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । आज अपराह्न पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक बसेको हो । प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह (वालेन) बैठकमा सहभागीता जनाएका छैनन् ।

आजको बैठकमा नौ वटा एजेन्डा प्रस्तुत हुने पार्टीका प्रवक्ता मनिष झाले जानकारी गराएका छन् । बैठकमा ‘रिपोर्टिङ’ गर्न २० केन्द्रीय सदस्य प्रत्येकलाई दुई मिनेटको समय छुट्ट्याइएको छ । आजै रास्वपाको सचिवालय बैठक समेत बसेको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्