sevenstartv.com १६ असार २०८३, मङ्गलवार

धुलिखेल-खावा सडकमा २ दिन मालवाहक गाडी सञ्चालनमा रोक

२० भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकमा टिपर लगायत मालवाहक सवारी साधन आज र भोलि बन्द गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले टिपर लगायत मालवहाक सवारी साधन बन्द गर्ने सूचना जारी गरेको हो ।

सडक अत्यन्तै जीर्ण भइ यातायात सञ्चालनमा कठिनाई उत्पन्न हुन गएकोले सडक मर्मत सम्भार गरी सञ्चालन गर्न भदौ २० र २१ गते दुई दिनको लागि मालवाहक सवारी साधन बन्द गरि सडक निर्माण गरिने सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा भनिएको छ ।

पछिल्लो समय धुलिखेलदेखि खावातर्फको विभिन्न ठाउँमा सडक क्षतविक्षत अवस्थामा पुगेको छ । बर्षात सुरु भएयता सडकमा समस्या आएको छ । नेपालको उत्तरी नाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ ।

सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न स्थानबाट आवतजावतका लागि यही राजमार्गको सडक प्रयोग गर्ने गरिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्