sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता गर्न दुर्गा प्रसाईंको माग

५ वैशाख २०८३, शनिवार स्टार संवाददाता

काठमाडौं । इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता गर्न दुर्गा प्रसाईंको माग गरेका छन् । प्राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले इन्धन मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता नगरिए चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

उनले आन्दोलन विद्यार्थी संगठनको नेतृत्वमा अघि बढाइने जानकारी गराउदै संगठनहरुलाई खारेज गर्ने प्रयास नगर्न सरकारलाई सचेत गराएका छन् । प्रसाईंले  विद्यार्थी संगठनहरुले विभिन्न सामाजिक तथा राष्ट्रिय मुद्दामा केन्द्रित रहेर आवाज उठाउनु पर्नेमा जोड दिएका छन् ।

प्रसाईंले विगतमा सामान्य दुई रुपैयाँ मूल्यवृद्धिमा समेत आन्दोलन हुने गरेको उल्लेख गर्दै अहिले ठूलो दरमा मूल्य बढ्दा पनि विद्यार्थी संगठनहरू मौन बसेको आरोप लगाए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्