sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

तमाम कांग्रेसी १५ औं महाधिवेशन केन्द्रित हुनु पर्छ : मुख्यमन्त्री बानियाँ

५ वैशाख २०८३, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसको आधिकारिकता दावी सम्बन्धी बिवादका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाटआएको अन्तिम निर्णयलाई नेपाली कांग्रेसका तमाम नेता, कार्यकर्ता आत्मासात गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका छन् । उनले कांग्रेस सदैव नीति, विधि र न्यायीक निर्णयको पक्षमा दृढ रहेको खल्लेख गर्दे नीति, विधि र न्यायको सम्मान गर्ने कांग्रेसजनको परिचय रहेको जनाएका छन् ।

मुख्यमन्त्री बानियाँले परिस्थिति बस कांग्रेसमा नियमित महाधिवेशन र बिशेष महाधिवेशन पक्षका बीच बीमति रहेको भएपनि सम्मानित सर्वोच्च अदालतले यससम्बन्धी बिवादमा अन्तिम निर्णय दिईसकेको अवस्थामा सम्पूर्ण कांग्रेसजन अदालतको निर्णयलाई सम्मान तथा पार्टीको आन्तरिक एकता बलियो बनाउदै १५ औं महाधिवेशन भब्यताकासाथ सफल बनाउने तर्फ क्रियाशील हुनु आजको आवश्यकता  रहेको बताएका छन् ।

पार्टीको वृहत एकताका पक्षमा उभिन सम्पूर्ण नेताकार्यकर्तामा आह्वान गर्दै उनले सबै एकताबद्द भएर पार्टीभित्रको १५ औं महाधिवेशनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । पार्टीभित्रको बृहत एकतामा कोही बाधक बन्न नहुने उनको तर्क छ । सबैलाई समेटेर अगाडि बढ्न पार्टी नेतृत्वको काधमा जिम्मेवारी आएको बताउँदै, मुख्यमन्त्री बानियाँले भने, पार्टीका सबै तह र तप्का नेतृत्व बर्ग, भातृ तथा शुभेच्छुक संस्था, पार्टीप्रति आस्था राख्ने सबै एकताबद्ध भई १५ औं महाधिवेशन सफल बनाउन क्रियाशील हुन अनुरोध गर्दछु ।

इतिहासको कालखण्डमा अनेक आरोह–अवरोह बेहोर्दै आएको पार्टी यतिबेला इतिहासकै सबैभन्दा कमजोर अवस्थामा रहेको बताउँदै उनले देश र जनताको हितमा काम गर्ने लोकतान्त्रिक पार्टी कांग्रेसमात्र रहेको जिकिर गरेका छन् । उनले व्यक्तिगत स्वार्थ भन्दा माथी उठ्दै पार्टीको हितमा लाग्नु पर्नेमा जोड दिएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्