मन्त्री बन्न नपाएको झोकमा गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले राजीनामा दिएका छन् ।
आजको मितिदेखि लागु हुने गरी कुँवरले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका हुन् । गण्डकीमा आज मन्त्रिमण्डल पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिमण्डलमा उनी मन्त्री हुन चाहन्थे । तर मन्त्री बन्न नपाएको झोकमा उनले राजीनामा दिएका हुन् ।
आफू कुनै सार्वजनिक पदमा नरहेता पनि जनताको सेवामा कुनै कमी हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
