sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

रास्वपाले डाक्यो संसदीय दलको बैठक

२ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार बिहान १२ बजे संसदीय दलको बैठक बस्ने रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य  जानकारी गराएका छन् । बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्ने भ्रएको हो । बिहीबार हुने संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्तालाई मध्यनजर गर्दै (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको हो। 


संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् र ती समितीका सभापति चयनका लागि बिहिवार मनोनयन दर्ता हुँदै छ । राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी रहेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्