sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदै

३० चैत २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं  । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ ।

डा.  पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले उनको शल्याक्रिया गरेर पित्तथैलीमा रहेको पत्थरी निकालिने छ । ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ । 

यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओली जेनजी आन्दोलन दमन गरेको आरोपमा प्रक्राउ गरिएको थियो ।

पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचारत छन। ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको दावा सहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।


सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो । 
सोही अनुसार प्रहरीले ओलीलाई अस्पतालबाट पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो ।

थुनामुक्त भए पनि शल्यक्रिया गर्नु पर्ने भएकोले उनी अस्पतालमै उपचारत छन ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्