sevenstartv.com १४ असार २०८३, आइतवार

वैशाख ४ गते कांग्रेसले दलको नेता चयन गर्ने

२९ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आन्तरिक किचलोका कारण नेपाली कांग्रेसले प्रतिनिधिसभा दलको नेता चयन गर्न सकिरहेको छैन । वैशाख ४ गतेका लागि दलको नेता चयन गर्ने मिती तोकिएको भएता पनि कांग्रेस भित्रको किचलो भने कायम नै छ ।

पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’का अनुसार निर्वाचन तालिका वैशाख २ गते आउने छ । उनले दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको बताए पनि दलको नेता चयन गर्न कांग्रेस निर्वाचन प्रक्रियामा नै जाने संकेत देखिएको छ ।

वैशाख २ गते निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्ने बताउँदै उनले भने, ‘पार्टी नेतृत्वले सहमतिको प्रयास जारी राख्छ । सहमतिको प्रयास जारी रहे पनि निर्वाचन प्रक्रियामा जानु पर्छ नै । एकल उम्मेदवारी पर्यो भने सर्वसम्मत नेता चयन हुन्छ । नभए लोकतान्त्रिक विधि पद्दतिबाट निर्वाचन गराएर प्रतिपक्षी दलको नेता चयन हुन्छ ।’


कांग्रेस संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यलगायत सांसदहरुको चर्चा रहे पनि को दलको नेता बन्छ यसै भन्न सक्ने अवस्था भने छैन ।

सम्बन्धित समाचार