sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्ने विप्लवको चेतावनी

२९ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारी नीतिविरुद्ध विद्यार्थी सङ्गठनहरूले थालेको संघर्षप्रति समर्थन जनाएका छन्  । उनले विद्यार्थी सङ्गठनहरूलाई आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति हो । विद्यार्थी सङ्गठनहरू सचेतता, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका वाहक हुन । नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको छ ।’

जुन संस्था र शक्तिको योगदानले अहिलेको परिवर्तन भएको उनको भनाइ छ । विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलेर फ्याँकिँदिने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्