sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई मातृशोक

२६ चैत २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ । मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा गौरदहस्थित निवासमा निधन भएको हो ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार एक महिना अगाडि जानुकादेवीको  खुट्टा भाँचिएपछि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा शल्यक्रिया भएको थियो । स्वर्गीय कार्कीका दुई छोरा र पाँच छोरी छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्