ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेको स्रोतले बताएको छ ।
अब मुद्दाका सबै पक्ष मिलिसकेकाले आज दुवै जनाको रिट पेसीमा चढ्ने भएको हो। जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।
उक्त पक्राउ गैरकानूनी भनेर दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए । सोही आदेशअनुसार सरकार पक्षबाट लिखित जवाफ आइसकेकाले अब सुनुवाइका लागि आज बहस हुने भएको हो ।
