नेपाली कम्युनिस्ट पार्टी चुनावी हारको समीक्षा गर्न केन्द्रित
६० सिट जित्ने आंकलन भएपनि जनताले एजेण्डा र व्यक्ति अध्ययन नगरेको निष्कर्ष
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी चुनावी हारको समीक्षा गर्न केन्द्रित छ । २२ घटक मिलेर बनेको नेकपा १७ सीटमा खुम्चिएपछि चुनावी समीक्षासहित आगामी रणनीतिबारे छलफल गर्न केन्द्रित भएको हो ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिबारबाट संयोजन समितिको बैठक राखेर औपचारिक रूपमा छलफल थालेका थाल्नुभएको हो । अर्को बैठक सोमबार बोलाइएको छ । बैठकमा संयोजक प्रचण्डले चुनावी हारको कारणसहितको प्रतिवेदन पेश गरेका छन्। उनले चुनावको परिस्थिति विश्लेषण र परिणाम आकलन समेत समेट्नुभएको छ ।
निर्वाचन प्रचार अभियानका दौरान निर्वाचन क्षेत्रहरूबाट आएका रिपोर्ट अनुसार पार्टीले ६० सिटसम्म जित्नसक्ने देखिएको उल्लेख छ ।
