sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

काठमाडौंका यी स्थानमा आज बिजुली अवरुद्ध हुने

२१ चैत २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडाैंका विभिन्न ठाउँमा आज बिजुली कटौती गर्ने भएको छ ।

जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न ठाउँमा बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा रहेको ११ केभी क्षमताका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बिजुली कटौती गर्न लागिएको हो । 

आज बिहान ११ बजेदेखि ३ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्