sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यवधि १५ दिन थप

१८ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सहकारी संस्था बचत दुरूपयोग सम्बन्धी संसदीय विशेष छानबिन समितिको कार्यअवधि थप भएको छ ।

प्रतिनिधि सभाले गठन गरेको उक्त समितिको कार्यावधि १५ दिन थप गर्ने निर्णय भएको हो । प्रतिनिधि सभाको मंगलबारको बैठकमा समितिका सभापति सूर्य थापाले समितिको कार्यअवधि १५ दिन थप गर्नेसम्बन्धी प्रस्ताव राखेका थिए ।

सभामुख देवराज घिमिरेका अनुसार समितिको कार्यअवधि १५ दिन थप गर्ने सर्वसम्मति निर्णय भएको छ । रास्वपा सभापति समेत रहेका तत्कालीन गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत दुरूपयोगमा जोडिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेअनुसार समिति बनेको थियो ।

गत जेठ १५ गते प्रतिनिधि सभाले नेकपा (एमाले) का सांसद थापाको सभापतित्वमा उक्त समिति गठन गरेको थियो । समितिलाई तीन महिने कार्यअवधि तोकिएको थियो ।

यो समितिले लामिछानेसँग पनि बयान लिइसकेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्