sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

३ चैत २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै पाँच जनाबाट २७ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा कञ्चनुरको भीमदत्त नगरपालिका १८ घर भई काठमाडौं महानगरपालिका ९ बस्ने ५१ वर्षीया गीता भण्डारी छिन् । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएकी उनलाई प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको हो । 

उनीविरुद्ध पीडितले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले खोजी गरेको थियो । उनलाई काठमाडौं महानगरपालिका ९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्