sevenstartv.com ९ पुष २०८२, बुधवार

सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

९ पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा रु २३ करोड ५२ लाख ७० हजार अर्थात् ३।१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् रु नौ करोड ४२ लाख ९५ हजारले बढेको छ । 

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु तीन अर्ब ८२ करोड ७० लाख मूल्यका ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको थियो । त्यसैगरी,  दुई अर्ब ५३ करोड १६ लाख मूल्यका २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, उक्त पाँच महिनामा रु एक अर्ब एक करोड ६० लाख मूल्यका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, रु ३२ करोड ८२ लाखको तीन हजार ५८० किलोलिटर एटीएफ र रु छ करोड ३१ लाखका ६८० किलोलिटर मट्टितेल आयात भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्