sevenstartv.com २ पुष २०८२, बुधवार

त्रिभुवन विश्वविद्यालयले गर्याे ५१औँ दीक्षान्त समारोहका पदक र पुरस्कार विजेता विद्यार्थीको नामावली सार्वजनिक

२ पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो ५१औँ दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एक सूचना जारी गर्दै विश्वविद्यालयबाट लिइएका विभिन्न तह र विषयका परीक्षाहरूमा सर्वप्रथम भई दीक्षान्त पदक तथा पुरस्कारका लागि योग्य ठहरिएका विद्यार्थीहरूको सूची प्रकाशन गरेको हो ।

कार्यालयका अनुसार, यदि प्रकाशित नामावलीमा उल्लेख भएका बाहेक अन्य कुनै विद्यार्थीले आफू पदक वा पुरस्कारका लागि योग्य भएको लागेमा तोकिएको समयभित्र दाबी विरोध गर्न सक्नेछन् ।

विद्यार्थीहरूले आगामी पुस ४ गतेभित्र आवश्यक प्रमाणसहित परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सम्पर्क राखी दाबी विरोध दर्ता गराउन सक्नेछन्। तोकिएको म्यादभित्र दाबी विरोध नआएमा हाल प्रकाशित नामावली नै अन्तिम मानिने र सोही अनुसार पदक तथा पुरस्कारका लागि सिफारिस गरिने ब्यहोरा त्रिविले जानकारी गराएको छ ।

ddd

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्