sevenstartv.com २० मंसिर २०८२, शनिवार

दुई निर्माण कम्पनी कालोसूचीमा

१६ मंसिर २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । 

जनता तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर २ जलेश्वर महोत्तरीको सिफारिसमा पुष्प हेम कन्स्ट्रक्सन प्रालि तीन वर्षका लागि कालोसूचीमा परेको छ । यस्तै  हेलम्बु गाउँपालिकाको कार्यालय सिन्धुपाल्चोकको सिफारिसमा कौशिल बस्नेत निर्माण सेवा प्रालिलाई कालोसूचीमा राखिएको कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । 

कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १  बमोजिम उक्त निर्माण व्यवसायीरआपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ । कालोसूचीमा परेका निर्माण व्यवसायीरआपूर्तिकताले कालोसूचीको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्