जबर्जस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ
काठमाडौं । जबर्जस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बर्दघाट नगरपालिका– १ माकर बस्ने १९ वर्षीय रोजीन सुनार पक्राउ परेका हुन् ।
रोजिनले जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई बर्दघाट नगरपालिका–४ त्रिवेणी चोकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
