sevenstartv.com २ पुष २०८२, बुधवार

काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्यो

११ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । जाडोयाम सुरु भएसँगै  काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ । यो याममा  वर्षाको  मात्र र हावाको गति कम हुने  भएकाले पनि काठमाडौं उपत्यकामा  धूलो र धुवाँको मात्र बढ्दै जाने गर्दछ ।

यस याममा खेतीपातीका लागि खेतमा आगो बाल्ने जस्ता कामले पनि वायु प्रदूषणको मात्र बढ्दै गएको छ । काठमाडौं उपत्यका सवारीसाधनको धुवाँ, सडकमा उड्ने धूलो, उद्योगधन्दा लगायतबाट  निस्कने हानिकारक ग्यासले गर्दा पनि यस याममा काठमाडौं विश्वकै प्रदूषित सहर बन्ने गरेको छ ।

यस याममा काठमाडौं उपत्यका वरिपरिका विभिन्न डाँडाबाट हेर्दा उपत्यकाको माथि धूलो र धुवाँको तह प्रस्ट देख्न सकिन्छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्