sevenstartv.com २२ मंसिर २०८२, सोमवार

गैरहाजिर रहेका २७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

१० मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं ।  प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २७ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

उनीहरुको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरण सार्वजनिक गर्दै  बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन प्रधान कार्यालयले निर्देशन दिएको हो ।

कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण नबुझाए कानुनबमोजिम कारबाही हुने कार्यालयले चेतावनी दिइएको छ ।

222

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्