sevenstartv.com २२ मंसिर २०८२, सोमवार

हिउँ पन्छाउँदै विकास माग्न सिमकोट आइपुगे हिमालपारिका बासिन्दा

७ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । हिमालपारिको बस्ती नाम्खा गाउँपालिका-६ लिमीका तीन गाउँका बासिन्दाहरु विकास माग्न सदरमुकाम सिमकोट आइपुगेका छन् । उनीहरु करिब पाँच हजार मिटर उचाइको न्यालु लेकमा जमेको हिउँ पन्छाएर सदरमुकाम सिमकोट पुगेका हुन् ।

तिल, हल्जी र जाङ गाउँका बासिन्दा विकास माग्न सिमकोट आइपुगेको बताइएको छ । १५ जना महिला ५० जना पुरुषहरू विकास माग्न शनिबार सदरमुकाम सिमकोट पुगेको जनाइएको छ । 

गाउँमा विकास धेरै बाँकी रहेकोले सदरमुकाम सिमकोटका विकासे कार्यालयहरूमा विकास माग गर्न डेलिकेशनमा आएको जनाइएको छ ।  सञ्चार, सडक, पुल, खाद्यान्न, स्वास्थ्य र शिक्षा लगायतका समस्याहरु लिमीका गाउँमा रहेको र ती समस्या समाधानका लागि वडाध्यक्ष नेतृत्वको टोली सिमकोट पुगेको हो ।

विकास माग्न डेलिगेशन आइपुगेको समूहले आइतबार १० बजे जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल र आफ्ना समस्या सुनाउने कार्यक्रम तय गरेको छ । त्यसपछि हिल्सा सिमकोट सडक योजना, पूर्वाधार विकास कार्यालय, नेपाल टेलिकममा पुगेर आफ्ना समस्या राख्ने कार्यक्रम तय गरिएको छ । यसरी विकास माग्न यति ठूलो समूह लिमीबाट पहिलो पटक आइपुगेको हो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्