sevenstartv.com १० असार २०८३, बुधवार

बोलेरो दुर्घटना : चालककाे मृत्यु

७ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । चितवनको कालिका नागरपालिका-११ मा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 कालिका नागरपालिका-११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा१८च८९७३ नम्बरको बलेरो गए राति १०ः३० बजे अनियन्त्रित भई दुर्घटना हुँदा चालक खैरहनी नगरपालिका–४ का राममणि न्यौपानेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुर अस्पतालमा पुर्याउँदा राति नै चिकित्सकले मृत घोषणा गरेका थिए । बोलेरो सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो । बोलेरोमा चालक न्यौपानेमात्र सवार रहेका थिए ।