sevenstartv.com २२ मंसिर २०८२, सोमवार

उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्दै काठमाडौँ महानगर

६ मंसिर २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले महिला उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्ने भएको छ । कामपामा बसोबास गर्ने हातमा केही न केही सीप भएका महिलाहरूले अब खाली बस्नु नपर्नेगरी नीति तयार गर्न लागिएको हो । 

 महिला समूहहरूलाई पनि उद्यमी बनाउने लक्ष्य दिइएको छ । यसलाई नीतिगत रूपमा नै व्यवस्था गरिने छ ।  महिला समितिबाट महिलाहरूको अवस्था (सुविधा, स्तर, पहुँच, समय बचत), अवस्थिति (स्वाभिमान, मर्यादा, आवाज र प्रभाव) र अभिकार्य (अग्रता, समर्पण र समाधान)मा सकारात्मक परिवर्तन आएको जनाइएको छ । 

कामपाले सामाजिक विकास विभागले २०७५ सालदेखि महिला विकास समूह र समितिको गठन थालेको हो । विसं २०७८ मा सबै वडामा समूह गठन भइसकेका छन् । अहिले महानगरपालिकाभित्र ३५ वटा महिला विकास समिति छन् । यी समितिअन्तर्गत पाँचरपाँच जना रहेका अरु ६०० वटा समूह छन् । समूहका सदस्यहरूले आपसी सल्लाह गरेर महिनाको निश्चित पैसा जम्मा गर्ने गरेका छन् । यसरी जम्मा गर्नेको रकम हेर्दा थोरैमा रु १०० देखि ५०० सम्म जम्मा भएको देखिन्छ । यसरी जम्मा भएको पैसा हरेक दुई वर्षमा ब्याजसहित फिर्ता हुन्छ ।

कामपाभित्रका समूहमा अहिले तीन हजार एक जना सदस्य छन् । समूहहरूको हरेक महिना बैठक बस्ने गरेको छ । सामाजिक क्रियाकलाप तथा सीपमूलक तालिमबाट उनीहरू आयआर्जनसमेत गर्छन् । गठन गरिएका समूहमा आबद्ध भएपछि महिलाहरू घर बाहिर आउन सक्छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्