जम्मू कश्मीरको नौगाम प्रहरी कार्यालयमा विस्फोट, ६ जनाको मृत्यु
काठमाडौं । श्रीनगरको नौगाम प्रहरी स्टेसनभित्र विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैजसो प्रहरी र फोरेन्सिक अधिकारी रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको उपचार आर्मी बेस अस्पतालमा भइरहेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेको छ । विस्फोटपछि आसपासको क्षेत्र हाई अलर्टमा राखिएको छ।यो ब्लास्ट त्यतिबेला भयो जब अधिकारीहरूले ‘ह्वाइट कलर’ आतङ्कवादी प्रकरणमा बरामद गरिएको विस्फोटक पदार्थको नमुना परीक्षण गर्दै थिए ।

.gif)