sevenstartv.com २१ मंसिर २०८२, आइतवार

रास्वपाका नेता सन्तोष परियारले गरे पार्टी परित्याग

२८ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । उनले वामपन्थी धारको पार्टीमा सक्रिय बन्ने उद्देश्यका साथ पार्टी छाडेका हुन् । 

परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएको रास्वपा स्रोतले जनाएको छ । उनी विघटित प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक थिए ।

यसअघि नै रास्वपाबाट सुमना श्रेष्ठले पनि राजीनामा दिएकी थिइन् । पछिल्लो समय रास्वपामा असन्तुष्टिका स्वरहरु बढ्दै गएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्