sevenstartv.com २१ मंसिर २०८२, आइतवार

गरिमा विकास बैंकको १९ औँ वार्षिक साधारणसभा सम्पन्न

२८ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा कास्कीस्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । सभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा इक्वीटिमा भएका परिवर्तनहरू पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

विशेष प्रस्ताव अन्तर्गत बैंकले अधिकृत पूँजी वृद्धि गरी रु। ६ अर्ब १० करोड पुर्‍याउने, केन्द्रीय कार्यालय लाजिम्पाटबाट आफ्नै भवन बालुवाटारमा स्थानान्तरण गर्ने, बैंकको छाप र लोगो परिवर्तन गर्ने तथा प्रबन्ध–पत्र र नियमावली संशोधन गर्ने प्रस्तावहरू पारित गरेको छ।

हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ ५७ पैसा रहेकोमा, ६ प्रतिशत बोनस शेयर वितरणपछि जारी तथा चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा पुग्नेछ।

देशभर १२६ शाखा र ५१ एटिएममार्फत सेवा विस्तार गरिरहेको गरिमा विकास बैंकले डिजिटल बैंकिङ प्रणालीमार्फत सहज, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्