sevenstartv.com २१ मंसिर २०८२, आइतवार

कैलालीमा धान उत्पादन ५.२६ प्रतिशतले घट्यो

२५ कार्तिक २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडाैं । कैलाली जिल्लामा यस वर्ष बर्खे धानको उत्पादनमा गिरावट आएको छ । गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन ५.२६ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १७ हजार १३५ मेट्रिक टनले कमी आएको छ। यस वर्ष ६८ हजार ५४१ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकोमा तीन लाख आठ हजार ४३४ मेट्रिक टन धान उत्पादन भएको उनले जानकारी दिए।

गत वर्ष सोही क्षेत्रफलमा धानखेती गर्दा तीन लाख २५ हजार ५६९ मेट्रिक टन धान उत्पादन भएको थियो। गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व पनि घटेको छ। गत वर्ष प्रतिहेक्टर ४.७५ मेट्रिक टन उत्पादकत्व रहेकामा यस वर्ष प्रतिहेक्टर ४.५ मेट्रिक टन मात्रै रहेकाे छ । 

यसैगरी, कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा ६ हजार ४६१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा १५ हजार १९२ मेट्रिक टन मकै उत्पादन भएको छ। यस्तै, १०३ हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा १५४ मेट्रिक टन कोदो उत्पादन भएको पनि केन्द्रले जनाएको छ ।

 
 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्