काठमाडाैं । सुनसरीको झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ ।
झुम्का कारागार प्रशासनका अनुसार आइतबार बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा फेला परेको र उपचारको क्रममा मृत्यु भएको हो ।
सरदार जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशमा जिउ मास्ने बेच्ने मुद्दामा सजायमा जेलमा रहेका थिए । अचेत भएपछि तुरुन्तै उनलाइ उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो ।
तर, अस्पताल पुगेपछि बिहान ६ः१५ बजे उपचारको क्रममा उनको मृत्यु भएको बताइएकाे छ ।

.gif)