sevenstartv.com २१ मंसिर २०८२, आइतवार

डोल्पाबाट २ करोड २० लाखको स्याउ निर्यात

२१ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडाैं । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई कार्यालय डोल्पाले दिएको जानकारीअनुसार, डोल्पाबाट कुल सय मेट्रिक टन स्याउ बाहिरिएको हो ।

कार्यालयले स्याउ निर्यातका लागि ढुवानीमा ५० प्रतिशत अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ। डोल्पाको स्याउ पोखरा र काठमाडौंजस्ता ठूला सहरहरूमा पुगेको छ ।

कार्यालयका निमित्त कार्यालय प्रमुख गोविन्द मल्लका अनुसार यस वर्ष ५० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको थियो। कर्णाली प्रदेशका जुम्ला, कालिकोट र मुगु लगायतका अन्य जिल्लाहरूमा पनि स्याउ उत्पादन हुने गर्दछ।

 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्