sevenstartv.com ५ पुष २०८२, शनिवार

यू-२० साफ च्याम्पियनशिप : नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा

१२ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । साफ यू-२० फुटबल च्याम्पियनशिपमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।   खेल साढे २ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

नेपाल लामो समयपछि साफ उमेर समूहको फुटबल उपाधि जित्ने दाउमा रहेको छ ।  पहिलो दुई संस्करणको विजेता नेपाललाई त्यसपछि सधैँ साफ उमेर समूहको फुटबलको उपाधिले लोभ्याइरहेको छ । नेपाल सात वर्षपछि साफ उमेर समूहको फुटबल फाइनल खेल्न लागेको हो ।

यस प्रतियोगिताको फाइनल दशरथ रङ्गशालामा हुने तय गरिएको थियो तर लगातार पानी परेकाले अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले फाइनल पनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुने भएको छ ।

विगत लामो समयदेखि प्रशिक्षण गरेका छौँ । त्यसैले एन्फा मैदानमा खेल्दा हामीलाई सहज हुने छ । समूह ‘ए’ मा समूह विजेता बन्ने क्रममा नेपालले श्रीलङ्का र बङ्गलादेशलाई पराजित गरेको थियो । पहिलो खेलमा नेपालले श्रीङ्कालाई १–० ले पराजित गरेको थियो । नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा हराएको थियो । समूह चरणमा श्रीलङ्कालाई २-० ले हराएपछि बङ्गलादेशले फाइनल पुग्न भारतलाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेको थियो । बङ्गलादेश तेस्रो पटक फाइनल खेल्दै छ ।

यसअघि सन् २०१९ र २०२२ मा बङ्गलादेश फाइनल पुगेको थियो तर दुवै पटक भारतसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । सन् २०१७ मा नेपाल च्याम्पियन बन्दा पनि बङ्गलादेश उपविजेता बनेको थियो।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्