sevenstartv.com २१ मंसिर २०८२, आइतवार

अमेरिकामा विमान दुर्घटना : सात जनाको मृत्यु

१९ कार्तिक २०८२, बुधवार स्टार संवाददाता

काठमाडाैं । अमेरिकाको लुइसभिल विमानस्थलबाट उडेको केही समयपछि नै यूपीएसको एउटा कार्गो विमान मंगलबार दुर्घटनाग्रस्त भएको छ । 

केन्टकीका गभर्नर एन्डी वेशियरले कम्तीमा सात जनाको मृत्यु भएको र ११ जना घाइते भएको बताएका छन् । उनले अनुसन्धान जारी रहँदा यो संख्या बढ्न सक्ने बताए ।  

वेशियरले यसअघि नै केही घाइतेहरूको अवस्था ‘अत्यन्तै गम्भीर’ रहेको उल्लेख गरेका थिए । लुइसभिलका मेयर क्रेग ग्रीनबर्गले मंगलबार साँझ एक्समा ट्वीट गर्दै सहरका हरेक आपतकालीन एजेन्सीहरू घटनास्थलमा परिचालन भएको जानकारी दिएका छन् ।

विमानमा करिब ३८ हजार ग्यालेन इन्धन रहेकोले दुर्घटनापछि ठुलो विस्फोट भएको थियो र नजिकैका व्यापारिक भवनहरूमा पनि आगो लागेको थियो। यूपीएसका अनुसार विमानमा तीन जना चालक दलका सदस्यहरू सवार थिए, जसको अवस्था अहिलेसम्म अज्ञात छ ।

 
 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्