sevenstartv.com २२ मंसिर २०८२, सोमवार

काभा पुरुष भलिबल : नेपाल अफगानिस्तान भिड्दै

९ कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ ।  खेल आज दिउसो सवा १ बजेदेखि शुरु हुने छ । नेपालले यसअघि खेलेका तीन खेलमा एक जित र २ हार बेहोरेको छ ।  

नेपालले यसअघि तुर्किमेनिस्तान र बंगलादेशसँग लगातार हार बेहोरेपछि तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो । नेपालले अब अर्को खेल अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्