sevenstartv.com २७ मंसिर २०८२, शनिवार

नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी

४ कार्तिक २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मनसुन निष्क्रिय भएसँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०ले दिएको जानकारीअनुसार यस रोगबाट हालसम्म ४४ जना सङ्क्रमित भएका छन् । 

विगतका वर्षमा स्क्रब टाइफस सामान्य रुपमा देखिएको भए पनि अहिले यो रोग एक हप्तामा १० जनामा देखिएपछि महामारी हुन नदिन सतर्कता अपनाइएको छ । समयमै यसको उपचार हुन नसकेमा सङ्क्रमित बिरामीको ज्यान जानसक्ने जोखिम रहेको  छ । 

यस रोगको विरुद्धमा कुनै पनि खोप उपलब्ध नभएको भन्दै उनले यो रोगबाट बच्ने उपाय भनेकै स्क्रब टाइफस सङ्क्रमित माइटको टोकाइबाट बच्नु हाे ।  स्क्रब टाइफस रोग सार्ने माइटहरु स–साना बोट बिरुवाका झाडी तथा झाडीमा बस्ने मुसाका कानमा पाइने हुनाले सकेसम्म यस्ता झाडी भएका ठाउँबाट टाढा रहनु पर्छ ।

 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्