sevenstartv.com २७ मंसिर २०८२, शनिवार

विपिन जोशीको अन्तिम दाहसंस्कार आज गरिने

४ कार्तिक २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडाैं ।  हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन जोशीको आज अन्तिम दाहसंस्कार गरिने भएको छ । उनको  महाकाली नदीमा अन्तिम संस्कार गरिने छ । सोमबार बेलुकी अर्थात् लक्ष्मी पूजाको साँझ उनको शव कञ्चनपुरको भीमदत्त नगरपालिका-३ मा रहेको निवासमा पुर्‍याइएको थियो ।

ईजरायलबाट काठमाडौं ल्याइएको शव त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टर मार्फत घरमा ल्याइएको हो । धनगढी उपमहानगरपालिकाको महाप्रस्थान बाहकमार्फत घरमा शव ल्याएको छ । यस बर्षको दिपावली अर्थात् लक्ष्मी पुजाकै दिन विपिनको शव घर पुगेसंगै गाउँ टोल शोकमय भएको छ । 

विपिनको मृत्यु भएको जानकारी हमास समूहले २६ असोजमा सार्वजनिक गरेको थियो । त्यसै साँझ गाजाबाट इजरायलले शव तेलअभिभ ल्याएको थियो । मंगलबार डिएनए परीक्षणमा उक्त शव विपिनकै भएको पुष्टि गरिएको थियो । परीक्षण र पोस्टमार्टम दुवै तेलअभिभस्थित नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिनमा सम्पन्न भएको हो ।

०८० असोज २३ देखि हमासको कब्जामा रहेका विपिनको मृत्यु मंसिरतिरै भएको नेपाली अधिकारीलाई इजरायली सैन्य अधिकारीले जानकारी दिएका छन् । दुई वर्षअघि नै इजरायलले लिएको परिवारको डिएनए परीक्षणका आधारमा शवको डिएनए परीक्षण गर्दा विपिनको शव पुष्टि भएको थियो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्